|

सड़क दुर्घटनामा एक युवकको मृत्यु ,एक गम्भिर घाइते


इटहरी,असार २४-पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरी पकलीमा आइतबार दिउँसो भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ अर्का एक युवक गम्भिर घाइते भएका छन्।

पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय पकली सुनसरीभन्दा सय मिटर पश्चिम र इलाका प्रहरी कार्यालयभन्दा ५० मिटर पूर्व भएको दुर्घटनामा परी पकली-८ का २० वर्षीय साजन साहको मृत्यु भएको हो। साजनले मोटरसाइकल हाकेका थिए।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ३४३५ नम्बरको मालबाहक मिनी ट्रकले को७प ८१०२ नम्बरको मोटरसाइकलमा पूर्वबाट घर तर्फ फर्कने क्रममा ट्रकले ठक्कर दिदाँ दुर्घटना भएको हो।

घटना सडकको मध्यभागमा भएकाले गर्दा अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा मिनी ट्रकले ठक्कर दिएको प्रहरीको अनुमान छ। दुर्घटनामा परी मोटरसाइकल चालक पकली-८ कै १८ वर्षीय राहुल शर्मा घाइते भएका छन्। उनको धरानमै उपचार भइरहेको काका मुना मल्लिकले जानकारी दिए। मृतक साह र घाइते शर्मा दुवै जना इटहरीबाट घर फर्कदै थिए।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सड़क दुर्घटनामा एक युवकको मृत्यु ,एक गम्भिर घाइते"

Leave a reply