|

आत्म हत्या गर्न खोज्दा गम्भीर घाइते


पर्वत, असार २५ - पर्वतको चुवामा रहेको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर गम्भीर घाइते भएका छन् । रामेछाप जिल्लाको ताच्छली ४ का १७ वर्षीय किशोर राई झुन्डियर आत्म हत्या गर्न खोज्दा गम्भीर घाइते भएका हुन् ।

सोमबार दिउँसो आयोजनाको निर्माणस्थलमा रहेको मजदुर आवास क्षेत्रको छाप्रोमा डोरीको पासो लगाएर झुन्डिँदै गर्दा श्रीमतीले देखेपछि उनलाई डोरीबाट निकालिएको थियो । घाँटीमा डोरीले कस्सिएर गम्भीर बनेका उनलाई पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 7:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आत्म हत्या गर्न खोज्दा गम्भीर घाइते"

Leave a reply