|

चार लाखको अम्लिसोको विरुवा बिक्रि,अम्रिसोको निकासी बढ्यो

मुक्तिप्रसाद न्यौपाने,आषाढ २५, पाल्पा-पाल्पा जिल्लाबाटरु तीन लाख ७५ हजारको  अम्लिसोका बिरुवा जिल्ला बाहिर खपत भएको छ ।अम्लिसोका बिरुवाबाट राम्रो आम्दानीहुने भएपछि तनहुँमा व्यावसायिक रुपमा अम्रिसोखेती गर्नका लागि जिल्ला वन कार्यालयले पाल्पाबाट  अम्लिसोको माग गरेपछि अम्रिसोका बिरुवा निकासी बढेको हो ।

जिल्लामा उत्पादन गरिएको अम्रिसोको बिरुवाबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका किसान खुसी पनि भएका छन् । अम्लिसोबाट कुचो र घाँस प्राप्तहुने तथा पहिरो गएको स्थानमा लगाउँदा भूक्षय कमहुने भएकाले यसको माग बढेको हो । जिल्लामा अम्रिसो बिरुवाको माग बढेपछि जिल्लाका फेक गाविस–७, का सोमहरका रामबहादुर बगालेले अहिले पहिलो चरणमा मात्र सात हजारको अम्रिसो बेचेका छन् । उनी अम्रिसो बिरुवाबाट पनि आम्दानी हुन्छ भन्ने थाहा नभएकामा घरबाट अम्रिसोको बिरुवा बेच्न पाउँदा निकै खुसी छन् ।

फेक गाविस–७, का शोभबहादुर सार्कीले यस वर्ष मात्र रु १५ हजारको  अम्लिसोका बिरुवा बेच्नुभएको छ । अम्रिसो एकपटक लगाएपछि बर्सेनि आम्दानी दिने बिरुवा हो तर अहिले वर्षको दुईपटक आम्दानी दिने राम्रो व्यवसाय बनेको उनी बताउछन् ।  अम्लिसोको बिरुवा सङ्कलन केन्द्रका प्रमुख कमल थापाका अनुसार जिल्लाबाट अझै रु १४÷१५ लाखको  अम्लिसोको बिरुवा तनहुँ पठाउने तयारी भइरहेको छ । पाल्पाका छहरा, पालुङमैनादी, फेक, भुवनपोखरीलगायतका स्थानबाट सङ्कलन गरिएका बिरुवा दोसो चरणमा फेरि पठाउने काम भएको थापाले जानकारी गराए ।घरघरबाट  अम्लिसोको बिरुवा बिक्न थालेपछि जिल्लाका किसान पनि अहिले अम्रिसोको व्यावसायिकरुपमा खेती गर्न थालेका छन् । 

Posted by Journalist Mukti on 12:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चार लाखको अम्लिसोको विरुवा बिक्रि,अम्रिसोको निकासी बढ्यो"

Leave a reply