छायांकनका क्रममा नायिका रेखा थापा घाईते
चलचित्र ‘जाउँहिड पोखरा’को छायांकनका क्रममा नायिका रेखा थापा घाईते भएकी छिन् । १५ फिट माथीवाट हाम फाल्ने क्रममा नायिका घाइते भएकी हुन् ।
शोभित वस्नेतको निर्देशनमा तयार भईरहेको चलचित्र ‘जाउँहिड पोखरा’को हाल पोखरामा छायांकन भईरहेको छ । नायिका थापाले जमिनमा फम राख्न नमानेपछि यो घटना भएको हो । र्फम नराखी हाम फाल्दा वास्तवीकता आउने भन्दै रेखाले फम राख्न नदिएको निर्देशक वस्नेतले वताए ।
नायिका थापा र नायक जिवन लुईटेलले ४ पटक सम्म टेक ओके गर्न सकेका थिएनन् । तर, पाचौं पटक हाम फाल्दा रेखाको खुट्टामा गम्भिर चोट लागेको हो । रेखाको खुट्टा जामिनमा वजारिएपछि सुन्निएको छ । नायिका घाईते भएपछि उनको पोखरास्थित श्रृजनमा चोकको मेट्रो सिटी अस्पतलामा उपचार भइरहेको छ ।
साभार ऑनलाइन खबर

