|

विषालु च्याउका कारण बाबु आमा गुमाएका बालकलाई प्रधानसेनापतिको संरक्षण

तस्वीर कांतिपुर
चितवन,असार ७-विषालु च्याउ खाएर परिवार गुमाएका दुई वर्षीय चोकमान चेपाङलाई नेपाली सेनाका प्रधानसेनापति छत्रमान सिंह गुरुङले संरक्षण दिनु भएको छ । केही दिनअघि मात्रै विषालु च्याउ खाएर बुद्धिबहादुर चेपाङसहित उनकी श्रीमती र तीन छोराको मृत्यु भएपछि उनको पालनपोषणको समस्या भएको समाचार सञ्चार माध्यममा आएपछि उनलाई गुरुङले संरक्षण दिनु भएको छ । प्रधानसेनापति छत्रमान सिंह गुरुङको निर्देशनमा चेपाङलाई शम्शेरदल गण भरतपुर ल्याइएको छ । उनका हजुरबा, हजुरआमा आफन्त र स्थानीय बुद्धिजीवीसँगको अन्तक्रिर्यापछि पालनपोषण गर्ने र आफ्नो खुट्टामा उभिन सक्ने बनाइदिने भन्दै सेनाले ल्याएको हो । बिहीबार बिहान कविलास गाविस पुगेको सेनाको टोलीले उनलाई भरतपुर ल्याएको हो । भरतपुरमा रहेको शम्शेर दल गणमा बालकलाई काठमाडौ पठाइने गणका गणपति ज्योतिन्द्र महतले जानकारी दिनुभयो ।
समाचार ऑनलाइन खबर 

Posted by Butwalonline on 7:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विषालु च्याउका कारण बाबु आमा गुमाएका बालकलाई प्रधानसेनापतिको संरक्षण"

Leave a reply