चट्याङ लागेर एक वृद्धाको मृत्यु
दोलखा, असार ७- दोल्खाको काब्रे-४, मैना पोखरीमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीया सोमकुमारी बस्नेत रहेको प्रहरीले जनाएको छ। दोलखाका प्रहरी प्रमुख डिएसपी उमेजराज जोशीका अनुसार बिहान साढे तीन बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो ।
नागरिक न्यूज