|

कोकाकोला कप भोली शुक्रबार क्वाटरफाइनलका खेल हुने

प्रेमनारायण न्यौपाने ,पोखरा, ७ असार।पोखरामा जारी कोकाकोला अन्तरविद्यालय छनौट प्रतियोगिताअन्तर्गत बिहीबार छात्रतर्फका प्रिक्वाटरफाइनल खेल सम्पन्न भएका छन्।बिहीबार भएको पहिलो खेलमा सैनिक आवासीय महाविद्यालयले शीतलादेवी सामुदायिक विद्यालयलाई ४–१ ले पराजित गर्‍यो। सैनिकको जीतमा देव गुरुङले चार, जीवन कुमालले तीन तथा रोशन बरालले एक गोल गरेका थिए भने शीतलादेवीको तर्फबाट अविनाश आचार्यले सान्त्वना गोल फर्काएका थिए। दोस्रो खेलमा ज्ञानकुञ्ज बोर्डिङ स्कुलले भद्रकाली उमाविलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्‍यो। निर्धारित समय गोलरहित बराबरीमा टुड्डिएको थियो।तेस्रो खेलमा मेरीगोल्ड बोर्डिङ स्कुलले पोखरा एकेडेमीलाई ३–१ ले पराजित गर्‍यो।मेरीगोल्डका लागि सिन्केमान तामाङले दुई तथा जीवन गुरुङले एक गोल गरेका थिए। पोखरा एकेडेमीका दीपेश कार्कीले मात्र एक गोल गरेका थिए। चौथो खेलमा कालिका उमाविले प्रगति उमाविलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्‍यो।निर्धारित समयमा कालिकाका सुनिल गुरुङ र प्रगतिका किशोर गुरुङले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो।पााचौं खेलमा गण्डकी उमाविले टप्स उमाविलाई २–० ले पराजित गर्‍यो। गण्डकीको तर्फबाट असीम थापा र सम्राट गायकले एक–एक गोलको योगदान दिएका थिए। छैटौं खेलमा सागर गुरुङको निर्णायक गोलमा बालकल्याण बोर्डिङ स्कुलले कुमुदिनी उमाविलाई १–० ले पराजित गर्‍यो।सातौं खेलमा बालोदय उमाविले सोसियल पब्लिक स्कुललाई टाइब्रेकरमा ४–३ ले पराजित गर्‍यो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। आठौं खेलमा नेपाल आदर्श उमाविले फिस्टेल उमाविलाई २–१ ले पराजित गर्‍यो। नेपाल आदर्शको जीतमा दुवै गोल सञ्जु पुनले गरेका थिए भने फिस्टेलको तर्फबाट सचिन गुरुङले सान्त्वना गोल गरेका थिए।विजेता सबै टीम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार क्वाटरफाइनल खेल हुनेछन्।

Posted by Butwalonline on 5:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोकाकोला कप भोली शुक्रबार क्वाटरफाइनलका खेल हुने"

Leave a reply