|

भीरबाट खसेर एक जनाको मृत्यु

रुकुम,असार ७ - रोजगारीका लागि भारत गएर घर र्फकने क्रममा बाटैबाट बेपत्ता भएका रुकुमको पेउघा ४ का राजेश्वर बस्नेतको ४ दिन पछि मृत शरीर फेला परेको छ । २१ बषिर्य बस्नेतको सल्यानको ढाकाडाम गाविस-१ को भीरबाट लडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । भारतको गौरीकुण्ड गएका बस्नेत गत असार ३ गते घर र्फकने क्रममा भीरबाट खसेको अवस्थामा इलाका प्रहरी कार्यालय थारमारे सल्यान, प्रहरी चौकी नुवाकोट र स्थानीयबासीको संयुक्त टोलीले फेला पारेको हो । घर र्फकने क्रममा रुकुमकै झुल्नेटा बजारबाट आफन्तलाई केही समयपछि घर पुग्ने खबर गरेका बस्नेत चार दिनसम्म पनि घर नपुगेपछि उनको खोजी भएको थियो । मादक पदार्थ सेवन गरेका बस्नेत भीरबाट एकहजार दुईसय मिटर तल खसेका थिए ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 8:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भीरबाट खसेर एक जनाको मृत्यु"

Leave a reply