नक्कली विज्ञापन छापी महिलालाई यौन दुव्र्यवहार र लुटपाट पक्राउगर्ने
काठमाडौ, असार ७ - 'पोखरा र चितवनमा लेडिज मोडल चाहियो', 'अफिसमा लेडिज रिसेप्सिनिष्ट र क्यासियर चाहियो,' भन्दै राष्ट्रिय दैनिक पत्रपत्रिकामा मोबाइल नम्बर सहितको विज्ञापन छापी महिलालाई झुक्याएर बोलाई यौन दुव्र्यवहार र लुटपाट गर्ने एक जनालाई प्रहले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको कालिमाटी सेल र कालिमाटी वृतले दैलेखका थुमबहादुर चन्दलाई पक्राउ गरेको छ ।
डिएसपी टेकबहादुर तामाङका अनुसार उनले विज्ञापनमार्फत झुक्याउँदै काठमाडौं र पोखरामा महिलामाथि यौन दुव्र्यवहार र लुटपाट गर्ने गरेको प्राम्भक अनुसन्धानबाट खुलेको छ । चन्दले गत जेठ १२ गते एक राष्ट्रिय दैनिकमा लेडिज रिसेप्सनिष्ट, क्यासियर, तथा पोखरा र चितवनमा मोडल चाहिएको विज्ञापन छापेका थिए ।
उनले टोखाकी एक युवतीलाई जागिर लगाइदिने भन्दै बोलाएर दुब्र्यवहार गरी लगाएका सबै गरगहना लुटेर लगेका छन् ।जागिर पाउने आशमा त्यहाँ पुगेकी युवतीलाई कंलकीको लुम्बिनी गेष्टहाउसमा बोलाएर अफिस माथिल्लो तलामा छ भन्दै लिएर गएका थिए । होटलको कोठामा पुगेपछि ढोका बन्द गरेर दुब्यर्वहारको प्रयास गरेका थिए ।युवती कराउन थालेपछि जुत्ताको मोजा भित्रबाट चक्कु निकालेर आफु गुण्डा भएको बताउँदै कराएमा ज्यान मार्ने धम्की दिएका थिए । जबरजस्ती गरेपछि युवतीसंग भएका सुनका गरगहना, मोबाइल फोन सबै लुटेर युवतीलाई बाथरुमभित्र थुनेर भागेका थिए |पीडित युवतीले कालिमाटी प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । चन्दले यसअघि पनि विभिन्न स्थानमा गएर स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकामा विज्ञापन छापी त्यहिमार्फत युवतीहरुलाई फसाउँदै आएको प्रहरीले जनाएको छ ।
समाचार कांतिपुर बाट