आफ्नै श्रीमतीको यौनांगमा खुर्सानी दलेर चरम यातना
रुपन्देही,असार ७ - बुटबलका सुनचाँदी व्यापारी चन्द्रमान गहतराजले आफ्नै श्रीमतीलाई चरम यातना दिईरहने गरेको पाईएको छ । २६ बर्षीय श्रीमती अन्जुलाई मंगलबार राती निर्घात कुटपिट गर्दै उनले योनीमा खुसार्नी दलेर चरम यातना दिएका हुन् । चन्द्रमानले मंगलबार रातभर मुड्कीले हिर्काउनुका साथै खुकुरीले योनीमा प्रहार गरी हत्याको प्रयास गरेको पिडितले बताएकी छन् ।
मानवअधिकार कर्मी र प्रहरीको सहायतामा बुधबार इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी अन्जुले रुदैँ भनिन् ‘म जे भन्छु त्यो मान्छेस् कि मान्दिनस् भन्दै रातभर कुट्नुभयो,’ उनका अनुसार परपुरुषसँग लसपस गरेको आरोपमा चार पाँच जना बाहिरी अरु केटाहरुसँग अवैध सम्पर्क गर्न दवाव दिँदै रातभरि कुटेका थिए ।
श्री पाल्पाली अवतार सुनचाँदी पसल बुटवल, अमरपथका सञ्चालक उनले अन्जुलाई परपुरुषसँग लागेको भन्दै दिनहुँजसो कुट्ने गरेका थिए । चन्द्रमान दिनहुँ दोकान बन्द गरेर आएपछि उनलाई कुट्ने गरेका थिए । मंगलबार पनि मैले भनेको मान्छेकि मान्दिनस्, तेरो भिडियो खिचेर राख्छु भन्दै धम्की दिएका उनले शरीरका विभिन्न ठाउँमा निलडाम हुनेगरी पिट्नुका साथै योनीमा खुर्सानी छर्केर काट्ने प्रयास गरेका थिए ।पछि देवर र नन्द तथा छिमेकीलाई खबर गरेको अन्जुले जानकारी दिएकी छन् । दुई सन्तानकी आमा रहेकी अन्जुको १० बर्ष अघि विवाह भएको थियो । चन्द्रमाको भने यो तेस्रो विवाह थियो । पहिलेकी श्रीमती भागेको तथा दोस्री श्रीमतीले जलेर आत्महत्या गरेपछि उनले तेस्रो विवाह गरेका हुन।
समाचार ऑनलाइन खबर बाट