आजदेखि लोडसेडिङ घट्यो,सातामा ४२ घण्टामात्रै विद्युत कटौति हुने
काठमाण्डौ असार ७ - नेपाल विद्युत प्राधिकरणले आजबाट लोडसेडिङ घटाएको छ ।प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब सातामा ४२ घण्टामात्रै विद्युत कटौति हुने छ । यसअघि सातामा ४९ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नदीमा पानीको बहाब बढेकाले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।
आजदेखि सातामा १ दिन ७ घण्टा, १ दिन ५ घण्टा र ५ दिन ६ घण्टाका दरले विद्युत कटौती हुनेछ । ५ घण्टा लोडसेडिङ हुने दिन दिउँसो एकैपटक र अन्य दिन बिहान र बेलुकी गरि २ पटक बत्ति जानेछ ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट