माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
बाँके,असार १०-घर पोत्ने माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बांकेमा दुई जनाको मृत्यु भएको छ । माटो खन्नेक्रममा शनिबार दिउंसो ढिस्कोले पुरिएर बांके चिसापानी २ च्यामाकी करला बस्ने र दैलेख नाराण नगरपालीका घर भई आफन्तकोमा गएकी जगती कठायतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै वनभोजमा गएका बांकेको कोहलपुर स्थित सेन्चुरी बोडिर्ङ स्कुलका शिक्षक कमल बहादुर बुढा बवई नदिमा डुबेर बेपत्ता भएका छन् । ११ जनाको समुहमा गएको शिक्षकको टोलि शनिबार विहान ११ बजे होटेलमा नास्ता खाएर बवई नदिमा नुहाउंने क्रममा शिक्षक बुढा बेपत्ता भएका हुन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
