|

भारतीय राजदूतले सगरमाथा भारतमा रहेको बताये

काठमाण्डौं असार ९ - दक्षिण कोरियास्थित भारतीय राजदूत बिष्णुप्रकाशले सगरमाथा भारतमा रहेको अभिव्यक्ति दिएपछि कूटनीतिक क्षेत्रमा हलचल भएको छ । उनले भारत र चीनको सिमानामा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको भन्दै अन्तर्वाता दिएपछि नेपाल सरकारले कडा प्रतिवाद गरेको छ । कोरिया टाईम्सलाई अन्तवार्ता दिँदै राजदूत विष्णु प्रकाशले सगरमाथाको चर्चा गरेका छन् । तर, नेपालको भने नाम पनि उच्चारण गरेका छैनन् । ‘भारतको उत्तरपूर्वी भागमा चीनसँग जोडिएको सगरमाथा सुन्दर आकर्षक छ’ उनले भनेका छन् । पत्रिकाले उनलाई भारत किन भ्रमण योग्य छ भनि गरेको प्रश्नमा प्रकाशले सगरमाथाको चर्चा गरेका थिए ।

 भारतीय राजदूतको उक्त अभिव्यक्ति प्रति आपक्ति जनाउँदै नेपाल सरकारले प्रतिवाद गरेको छ । ‘भारतीय राजदूत विष्णु प्रकाशको अभिव्यक्ति कुनै हालतमा हामीलाई मान्य हुँदैन । यो अभिव्यक्ति फिता दिन कूटनीतिक च्यानलबाट हामीले आग्रह गरिसकेका छौ,’ परराष्ट्रमन्त्रालयका एक उच्च अधिकारीले भने ‘सगरमाथा भारतमा पर्ने भन्ने अभिव्यक्तिका बारेमा भारतीय कूटनीतिज्ञहरुको अभिव्यक्तिलाई हामीले खण्डन समेत गरेका छौ ।’ उक्त अभिव्यक्ति प्रति आपक्ति जनाउँदै कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले पनि भारतीय राजदूत विष्णुप्रकाशलाई ‘भर्वल नोट’ दिएपनि भारतीय राजदूतले यस विषयमा नवोल्न भनेका थिए । कोरिया स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई यस्तो अभिव्यक्तिका बारेमा जानकारी गराएको थियो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय राजदूतले सगरमाथा भारतमा रहेको बताये"

Leave a reply