टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु
रुकुम,असार ९ - रुकुमको स्यालापाखामा शुक्रबार राती भएको टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । सदरमुकाम खलङ्गाबाट रुकुमकोटतर्फ गइरहेको रा १ त ८९५ नम्बरको टयाक्टर वडा नम्बर ४ कैलादेउमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुने पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो । घाइते हुनेहरुमा पिपल गाविस-७ का ४७
वर्षीय थलवीर नाथ र २०
वर्षीय धनकुमारी विसी रहेका छन् ।
घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । टयाक्टर सडकबाट २० मिटर तल खसेको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट