|

लेवनानमा छतबाट खसालिएकी सजिनाको अमेरिकामा निशुल्क उपचार

काठमाण्डौं ,असार ९ - रोजगारीको सिलसिलामा लेवनानमा पुगेका बेला घरमालिकले निर्ममता पुर्वक छतबाट खसालिदिएपछि शख्त घाइते भएकी नुवाकोटकी सजिना तामाङ्गको अमेरिकामा पूर्ण उपचार हुने भएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपार्टीको सहयोगमा घुँडा र हिपको जोर्नी फेर्न आएको अमेरिकी चिकित्सकको टोलीले सो अस्पतालको पहलमा अमेरिकामा उपचार गर्ने व्यवस्था मिलाएको हो |

सजिनाको जटिल शल्यक्रिया गर्नुपर्ने भएकाले आवश्यक पहल गरी अमेरिका लाने व्यवस्था गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा सजु प्रधानले जानकारी दिनुभयो ।अमेरिकामा उनको २० औ पटक जटिल शल्यक्रिया हुने र खान बस्नको व्यस्था पनि उपचारमा सलंग्न टोलीले नै गर्ने व्यवस्था मिलाईएको छ । उनी तीन महिनापछि नेपाल र्फकने बताईएको छ ।

 चार बर्ष अघि अफिसियल काम गर्न पाउने प्रलोभनमा एजेन्ट मार्फत लेबनान पुगेकी उनलाई घर निर्माणको काममा खटाईएको थियो । त्यहाँ काम गर्न नसकेपछि उनी अर्को कम्पनीमा काम गर्ने गरेको र मालिकले पटक पटक यातना र तनाव दिँदा अदालतको समेत शरण लिएकी थिईन् । पछि एक दिन छतमा रहको बेला मालिकले ठेलेर झारेका थिए ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लेवनानमा छतबाट खसालिएकी सजिनाको अमेरिकामा निशुल्क उपचार"

Leave a reply