|

एसएलसीको परीक्षाफल प्रकाशित हुँदै...

मुक्तिप्रसाद न्यौपाने,जेठ ३१-परीक्षा नियन्त्रण कार्यालयले आज २०६८ सालको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गर्दैछ। यसवर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी छन्।

राससकाअनुसार, कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ। उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।

कार्यालयले आज परीक्षाफल प्रकाशन गर्न अपराह्न ४ बजे बोर्ड बैठक बोलाएको र प्रहरीसँग सुरक्षा समेत माग गरेको बताइएको छ। कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको र यस वर्ष पनि गत वर्षजस्तै छिटो नै अर्थात् उज्यालोमै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको बताए। सम्पूर्ण एसएलसी परीक्षाफलको प्रतिक्षामा रहनुभएका विद्यार्थीहरुमा सफलताको शुभकामना ।

Posted by Journalist Mukti on 12:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसीको परीक्षाफल प्रकाशित हुँदै..."

Leave a reply