|

सुनसरीको झुम्कास्थित जय गणेश लघु उद्योगमा आगलागी


सुनसरी  जेठ २३ - सुनसरीको झुम्कास्थित जय गणेश लघु उद्योगमा भएको आगलागीबाट एक करोड रुपैयाँ भन्दाबढीको क्षति भएको छ । मंगलबार विहान भएको आगलागीबाट सेलर मिलको सम्पूर्ण उपकरण र मिलमा भएको धान, चामल तथा लत्ताकपडा जलेर नष्ट भएको उद्योगका सञ्चालक भोलाप्रसाद साह रौनियारले जानकारी दिनुभयो ।
उद्योगमा काम गर्ने कामदारहरुले काम सकि सुत्न लागको बेला राती १ बजे आगो लागेको बताईएको छ । विद्युत सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
आगोलाई स्थानीयवासी, इटहरी, धरान र विराटनगरवाट ग्एको वारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरीको संयुक्त प्रयासमा विहान ६ बजेमात्र आगो नियन्त्रणमा आएको थियो ।आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउनबाँकी रहेको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुनसरीको झुम्कास्थित जय गणेश लघु उद्योगमा आगलागी"

Leave a reply