|

बढ्दो गर्मीसँगै चितवनमा डेंगे र मलेरिया

चितवन, जेठ २३- चर्को गर्मीसँगै चितवनमा डेंगे र मलेरिया भित्रीएको छ। यसवर्ष छिट्टै सुरु भएको गर्मीसँगै बढेको लामखुट्टेको टोकाईबाट डेंगे र मलेरियाका बिरामी पनि बढ्दो नै छ। चर्को गर्मी चलिरहेका बेला भरतपुर अस्पताल र चितवन मेडीकल कलेजमा गरि दुईजना बिरामीमा डेंगे फेला परिसकेको छ। दुईअस्पतालमै गरि चारजना मलेरियाका बिरामी उपचाररत छन्।


चितवन मेडीकल कलेजमै तीनजना मलेरियाका बिरामी अहिले उपचाररत छन्। भरतपुर अस्पतालमा जाँच गरिएको ज्वरोको एक जना बिरामीमा गत शुक्रबार डेंगे फेला परेको हो। 'अहिले उपचारसँगै उनको डेंगे निको हुने क्रममा छ भरतपुर अस्पतालका बरिष्ट चिकित्सक डा.विजय पौडेलले भने गर्मीले ज्वरोका बिरामी भने बढ्ने क्रममा छ।' दैनिक दुईसय बढी बिरामी बहिरंग सेवामा आउने भरतपुर अस्पतालमा तीसबढी ज्वरोका बिरामी हुने गरेका छन्। अस्पतालमा मलेरियाकी बिरामी पार्वती कुमाल सिकिस्त अवस्थामा उपचाररत छिन्। ज्वरोले थलिएका अन्य बिरामीको पनि अस्पतालको भर्ना वार्डमा चाप छ। 

चितवन मेडीकल कलेजमा भने गर्मीको शुरुवाती क्रम बैशाखको पहिलो साता नै एक बिरामीमा डेंगे फेला परेको हो। बाहिर सार्वजनिक नगरिएको ति बिरामी अस्पतालकै रेखदेखमा उपचार गराइएको थियो।पछिल्लो पटक भने अस्पतालमा मलेरियाका तीन बिरामी रहेको बरिष्ट चिकित्सक डा.अरुण सेढाईले बताए। 'लामखुट्टेको टोकाईले डेंगे मात्र हैन यसपाली मलेरियाको बिरामीपनि बढी एक्सपोज हुदैछन् उनले नागरिकसँग भने गतवर्ष मलेरियाका बिरामी कमैथियो यसपाली शुरुवातमै तीनजना भैसके।' हाल देखिएको मलेरिया भाईबेक्स मलेरिया भएको पनि उनले बताए। 

चितवन मेडीकल कलेजमा ज्वरोका बिरामी आउने क्रम बढेको डा.सेढाईले जानकारी दिए। 'दैनिक पन्द्रजना ज्वरोका बिरामी ,त्यर्स्तै हाराहारीमा झाडापखाला र टाईफाईडका बिरामी आउछन्,'उनले भने। डेंगे सार्ने एडिस एजिप्टोटाई र मलेरिया सार्ने एनोफिलिप्स जातको लामखुट्टे मान्छेका लागि बढी खतरनाक रहेको उनी बताउछन्। ख्यालख्याल गरे डेंगु र मलेरियाले बिरामीको ज्यानै लिने भएकाले पनि लामखुट्टेबाट जोगीनुपर्ने उनको भनाई छ। चितवनमा ४२ डिग्रीको तापक्रम केहीदिनयता यथावत रहेको छ।  केहीदिनअघि चितवनको तापक्रम बढेर  ४४ डिग्रीसम्म पुगेको मौसम शाखा भरतपुर नगरपालिकाले जनाएको छ। 


डेंगे र मलेरिया जस्ता घातक ज्वरोबाट बच्न लामखुट्टेबाट बच्नु नै सबभन्दा राम्रो उपाय भएको चिकित्सकहरु बताउछन्। गर्मी नै भएपनि लामो बाहुला भएको कपडा लगाउनु,झुल लगाएर सुत्नु ,घरवरपर खाल्डाखुल्डी र नालीमा पानी नराख्नु जस्ता उपाय अपनाएर लामखुट्टे भगाउन सल्लाह दिन्छन् डा.अरुण सेढाई ति पानमिा डेंगे र मलेरिया सार्ने लामखुट्टेले एकै दिनमा सयौं फुल पार्ने र बच्चा जन्माउने गरेकाले पनि नष्ट गर्नु जरुरी हुन्छ । 'ज्वरो आईहाले तत्काल चिकित्सकलाई देखाउनु नै बुद्धिमानी हुन्छ उनी भन्छन् ज्वरो आएपछि औषधीसँगै तागतजन्य खानेकुरा बिरामीले खानु छाड्न हुन्न।' 
गर्मीका बेलामा लामखुट्टे बाहेक खानपानको खराबीका कारण पनि ज्वरो आउने र झाडापखाला लाग्ने भएकाले सावधान रहन चिकित्सकहरु सुझाउछन्। बासी सडेगलेका खानेकुरा र बाहिर सडकका खानेकुरा सकभर नखान सल्लाह दिन्छन् डा.विजय पौडेल। भरतपुर अस्पताल,चितवनमेडीकल कलेज,भरतपुर मेडीकल कलेजमा बढी ज्वरोका बिरामीको उपचार हुने गरेको छ। यि अस्पताल बाहेक अन्य निजी तथा सामुदायिक अस्पताल र मेडीकलहरुमा समेत छिटो उपचार हुने आशमा ज्वरोका बिरामीहरु ज्ााने क्रम बढेको छ।  विगत तीन वर्षयता चितवनमा डेंगुसहितका लामखुट्टबाट सर्ने रोग निरन्तर रहेका छन्। 
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बढ्दो गर्मीसँगै चितवनमा डेंगे र मलेरिया"

Leave a reply