|

युवतीको विषयलाई लिएर झडप हुँदा , एकको मृत्यु तीन गम्भीर

रुकुम, जेठ २३- स्थानीय मेलामा युवतीको विषयलाई लिएर युवाबीच आपसी विवाद उत्कर्षमा पुगेर झडपमा परिणत हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ। झडपमा अन्य तीन जना युवक गम्भीर घाइते भएका छन्।रोल्पा जिल्ला रिसिबाङमा लागेको स्थानीय मेला जात्रामा भएको विवादलाई लिएर उनीहरुबीच झडप भएको थियो।

झडपमा परी मृत्यु हुनेमा ह्वामा गाविस ९ का २१ वर्षीय विशेषण घर्ती रहेका छन्। झडपमा गम्भीर घाइते घर्तीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।गम्भीर घाइते सोही ठाउँका मोलङ घर्तीको जिल्ला अस्पताल रेउघामा उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। झडपमा परी घाइते प्रकाश डाँगी र राकेश पुनको जिल्लामै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा देउचन थापा, राकेश पुन, सन बहादुर थापा र खिमबहादुर थापा रहेका छन्। सामान्य घाइतेहरुको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको छ।
समाचार नागरिक न्यूज 

Posted by Butwalonline on 5:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवतीको विषयलाई लिएर झडप हुँदा , एकको मृत्यु तीन गम्भीर"

Leave a reply