सर्पको टोकाईबाट कैलालीमा एक जनाको मृत्यु
कैलाली
जेठ
२३ - सर्पले टोकेर कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको चुहा ८ बागमाराका ३६ बषिर्य पदम प्रसाद जैशीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
मंगलबार विहान २ बजे सुतिरहेकै अवस्थामा उनलाई सर्पले टोकेको थियो । घरमै झारफुख गरि बिहान सात बजे सेती अञ्चल अस्पताल धनगढीमा पुर्याएका जैशीको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट
