विश्व धुम्रपान रहित दिवसमा बृहत र्याली र सम्मान कार्यक्रम सम्पन्न
हेमराज भट्ट ,नेपालगन्ज । विश्व धुम्रपान रहित दिवसको अवसरमा यहाा आज विहान वृहत जनचेतनाम…लक ऱ्याली आयोजना गरियो । “सुर्तीजन्य पदार्थ नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप रोकौंं” नाराका साथ आयोजित उक्त ऱ्यालीमा प…नरावेदन अदालतका म…ख्य न्यायधिश प्रसाद मैनाली, प्रम…ख जिल्ला अधिकारी ढ…ण्डिराज पोखरेल, जिल्ला प्रहरी प्रम…ख प्रहरी उपरीक्षक विक्रम सिंह थापा, राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, स्थानीय विकास अधिकारी विश्व राज डोटेल, सरकारी कार्यालय प्रमुखहरु लगायत नागरिक समूहका अगुवाहरु, पत्रकार, शिक्षक, विद्यार्थी, खेलाडीहरुको हजारौंको संख्यामा सहभागिता रहेको थियो ।
र्यालीमा सहभागीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कार्यान्वयन गरौं, जनताको स्वस्थसंग बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरौं, सार्वजनिक स्थानमा धुम्रपान गर्न पाइने छैन, यदि धुम्रपान गरेमा सर्वसाधारणले एक सय रुपैयाा जरिवाना तिर्नुपर्नेछ, अन्य कर्मचारीहरुलाई विभागीय कार्यवाही हुनेछ, कसैले पनि फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री गर्न पाइने छैन, १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलाहरुलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा नि:शुल्क उपलब्ध गराउन पाइने छैन, शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालयको १०० मीटर भित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइने छैन, कसैले पनि सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी विक्रीस्थल सजावट तथा प्रदर्शन गर्न पाउने छैन, धुम्रपान गर्न नपाउने सूचना सबै निकायले देखिने गरी राख्नुपर्नेछ, यस्तो सूचना टाास नगरेमा पााच हजार रुपैयाासम्म जरिवाना लगाइनेछ, नेपालका सुर्ती उद्योगहरुले करीब ३ हजार व्यक्तिलाई रोजगारी दिएका छन् भने सुर्ती सेवनका कारणले प्रत्येक वर्ष १६ हजार व्यक्तिको ज्यान जाने गरेको छ, धुम्रपान गर्ने मध्ये ११ प्रतिशतलाई मुटुरोग, ५३ प्रतिशतलाई स्वासप्रस्वास रोग, २८ प्रतिशतलाई क्यान्सर ५ प्रतिशतलाई गिंजा सम्बन्धि रोग लाग्ने गर्दछ, नेपालमा प्रत्येक दिन सुर्ती सेवनका कारण ४४ जनाले अकालमा ज्यान गुमाइरहेका छन् । एक वर्षमा १६ हजार नेपाली सुर्ती सेवनका कारण मर्दछन् लगायतका नारा लेखिएका चित्रसहितको ब्यानर र प्ले कार्डहरु बोकेका थिए ।
भेरी अञ्चल अस्पतालबाट पञ्चेबाजाको टोली सहित शुरु भएको उक्त र्याली सदरलाइन, त्रिभुवनचोक, त्रिवेणीमोड, बागेश्वरी टोल, घरबारीटोल हुँदै धम्बोझी चोकमा पुगेर सभामा परिणत भएको थियो ।
विश्व धुम्रपान रहित दिवस आयोजक समितिका संयोजक पूर्णलाल चुकेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापालाई शान्ति सुरक्षामा सुधारका अतिरिक्त सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कार्यान्वयन गर्न प्रभावकारी भूमिका निर्वाह गरेकोमा नागरिक सम्मान गरिएको थियो ।
उहाँलाई प्रमुख अतिथि माननीय मुख्य न्यायाधीश मैनालीले नागरिक सम्मान प्रदान गर्नुभयो भने प्रमुख जिल्ला अधिकारी पोखरेलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । मञ्चमा उपस्थित अन्य विशिष्ट महानुभावहरुले खादा ओढाएर उहाँलाई सम्मान गर्नुभएको थियो ।
उपरीक्षक थापाको स्वत:स्फ…र्त प्रयास र अग…वाईमा बााकेको सार्वजनिक स्थलहरुमा ध…म्रपान गर्न कडा नियन्त्रण गरिएको छ र वडा प्रहरी कार्यालयका प्रम…ख प्रनि ऐन बहाद…र मल्लका अन…सार हालसम्म सार्वजनिक स्थलहरुमा ध…म्रपान गर्ने एक हजार भन्दा बढीलाई कार्यवाहीको दायरामा ल्याएको र चेतावनी लिइको बनाउन… भयो ।




