|

आज हरिशयनी एकादशी घर आँगनका मठमा तुलसीको विरुवा रोपेर मनाउँदै


काठमाण्डौं ,असार १६  - आज हरिशयनी एकादशी । तुलसीको विरुवा रोप्ने दिन । हिन्दु धर्मावलम्बीहरुले  घर   आँगनका मठमा तुलसीको विरुवा रोपेर मनाउँदैछन् ।

एकमहिना अघि राखिएको तुलसीको विरुवालाई आज मठमा सारेर विधीपुर्वक रुपमा रोपिदै छ । धार्मिक र वैज्ञानिक रुपले महत्वपूर्ण र बहुउपयोगि मानिएको तुलसी घरमा रोप्दा पूण्य प्राप्त हुने धर्मावलम्बिहरुको विश्वास रहेको छ ।विशेषत आज तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा लिएर पुजा गर्ने प्रचलन रहेको छ ।

पौराणिक कथन अनुसार मुर नाको दैत्यको आतङकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले संघर्ष गर्नुपरेको र युद्धको थकान मेट्न शयन अर्थात सुतेको दिनको सम्झनामा हरिशयनी एकादशी मनाउने गरिएको हो । यसैगरी आजदेखि चर्तुमास प्रारम्भ भएकाले हिन्दू धर्माबलम्बीले घरघरमा आज तुलसी रोप्ने चलन पनि छ ।हरिशयनी एकादशीका अबसरमा देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनहरुको पुजा आजा गरिरहेका छन् ।
साभार ऑनलाइन खबर 

Posted by Butwalonline on 7:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज हरिशयनी एकादशी घर आँगनका मठमा तुलसीको विरुवा रोपेर मनाउँदै"

Leave a reply