ससुराले खुकुरी प्रहार गरी आफ्नै बुहारीको हत्या गरे
ताप्लेजुङ, जेठ २६- ताप्लेजुङको फूलबारीमा शुक्रबार मध्याह्न ससुराले आफ्नै बुहारीको हत्या गरेका छन् । फूलबारी २ निवासी गंगाप्रसाद सेन्दाङले आफ्नै कान्छी बुहारी ईन्द्रमाया सेन्दाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक केदार ढकालले ससुरा गंगाप्रसादले आफ्नै घरमा २९ वर्षकी बुहारीलाई टाउको लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको बताए।प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट इन्द्रमायाको टाउकोमा चार ठाउँमा गम्भीर प्रकृतिको चोट रहेको छ भने दाहिने हात पूरै छिनेको र घुँडा छेउमा पनि चोट रहेको छ।खुकुरी प्रहार गर्ने गंगाप्रसाद फरार छन्।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट
