|

यू.ए.ई.मा अर्को एक जना नेपालीको हृदयघातका कारण मत्यु


श्याम " शंकल्प ",यू.ए.ई.- यतिबेला खाडी मुलुक आएर कामगर्ने प्रवासी नेपालीहरु माझ एउटा अर्को दुखद घटनाले सबैलाई शोकाकुल बनाएको छ | यही मे २८ तारिख २०१२ का दिन कोडागीठी गा.बि.स.-७, सल्यान घर भएका नेत्र लाल बुढाथोकीको हृदयघातका कारण आकस्मिक निधन भएको छ  | उनि अबुधाबी को नजिकै मुसफा भन्ने ठाउमा कम्पनीले दिएको रुममा बस्दै आएका थिए | सदा झै  नियमित काम बाट फर्किएर बेलुकाको खाना साथीहरु संगै खाएर टि.भी. हेरेर साथीहरु भन्दा अल्ली अबेर नर्मल रूपमा राती ११बजे तिर सुतेका थिए | उनि सुतेको लगभग २/३ घण्टा पछि नै एक्कासी छटपटिन थाले | साथीहरुले उठेर वत्ती बालेर हेर्दा मुखबाट हल्का पानी निस्केको जस्तो देखिएपछि सबै जना आतिदै तत्कालै नजिकैको सेक्युरिटीलाई खबर गरेका थिए | तत्पश्चात साथीहरुले बोलाउदा र चलाउदा पनी बोल्न र चल्न छोडेकोले सबैजना स-शंकित भए | सेक्युरिटी सहित सबैजनाले हेर्दा उनको निधन भैसकेको कुरा उनि संगै बस्ने साथीहरुले जानकारी गराएका छन् | यतिबेला उनको लाशलाई प्रहरीले जाचको लागि नियन्त्रणमा राखेको छ | उनि संगै बस्ने साथीहरुलाई समेत बोलाएर घटनाको बारेमा प्रहरीले बिष्तृत जानकारी पनी लिईसकेको छ |
                 
उनि एउटा एस.एम .सी.नामको क्लिनिंग कम्पनीमा भर्खरै ५ महिना देखि काम गर्न सुरु गरेका उनि भर्खर २३ बर्षका मात्र थिए | प्रेम  बिवाह  गरेका उनको श्रीमती पढदै छन् भने २ बर्षको छोरा समेत छन् | जाड-रक्सि जस्ता लागुपदार्थ पनी सेवन नगर्ने उनि साथीहरु माझ अत्यन्त नरम स्वभावका मिजासिला मान्छे भनेर चिनिन्थे | अत्यन्त कम्ति तलबमा आएको ५ महिना मात्रै भएकोले उनको आउदाको ऋणसमेत चुक्ता नभएको र नाबालक छोराको पालन पोषण र पढ्दै गरेकी उनकी श्रीमतीलाई समेत सक्दो सहयोग गर्नु पर्छ भन्ने स्वत स्फुर्त सहयोगी भावनाका कारण उनलाई चिन्ने र संगै काम गर्ने सबैले सहयोग गर्ने भएका छन | जनप्रगतिशील मंच यू.ए.ई.का महासचिब श्याम " शंकल्प " र भू.पु. केन्द्रिय समिति सदस्य मिलन लिम्बुको सुझाब र सल्लाह सहित उनि संगै बस्ने र काम गर्ने जाफिर अलि र रञ्‍जित पाठक भन्ने नेपालीसाथीहरुको बिशेष सक्रियतामा उनलाई सहयोग जुटाउने पहल समेत सुरु भइ सकेको छ |

Posted by Butwalonline on 12:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यू.ए.ई.मा अर्को एक जना नेपालीको हृदयघातका कारण मत्यु"

Leave a reply