बुटवल ऑनलाइनका संपादक मुक्ती प्रसाद न्यौपाने माथि आक्रमण
पाल्पा, जेठ १०- दैनिक बंदका क्रममा नेपालका बिभिन्न स्थानहरुमा पत्रकारहरु आक्रमणका शिकारबनीरहेका छन | हिजो भएको आदिवासी जनजातीको बन्दमा हाम्रा सहकर्मी बुटवल ऑनलाइनका संपादक मुक्ती प्रसाद न्यौपानेलाई बन्दकर्ताले तानसेन शितलपाटीमा आक्रमणगरेका छन् । वहां आर्थिक अभियान दैनिकका पाल्पाका सम्वाददाता समेत हुनुहुन्छ |
शितलपाटी चोकबाट काम छ भन्दै अलिक पर एकान्त कुनामा लगेर यो पत्रकार हैछ भन्दै कुटपिट गरे साथै क्यामरा र मोबाई पनि खोसेर लगे । अनुहार टाउको र छातिमा मुक्का र लात्तिले हानेका हाम्रा सहकर्मी मुक्ति न्यौपाने बताउनु भयो । मिसन अस्पतालमा उपचार पछि वहां अहिले घर फर्कनु भएको छ । पत्रकार न्यौपाने संगै रहेका राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय पाल्पाकाका अनुसन्धान सहायक लिलाधर मल्ललाई समेत बन्दकर्ताले कुटपिट गरेका छन् । उनको डायरी र फोन समेत बन्दकर्ताले खोसेका थिए ।
पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारीले प्रेस विज्ञप्ति जारी गरेर पत्रकार कुटिएकोमा खेद व्यक्त गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ समाचार संकलनमा खटिएका पत्रकारलाई कुटपिट र दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रता बिरोधी कदम हो ।बन्दकर्ताले तानसेन बर्तुङमा रहेको डिभिजन सिचाई कार्यालयमा समेत तोडफोड गरेका छन् । सरकारी कार्यालय र बजार बन्द गराउँदै हिडेका बन्दकर्ताले कार्यालयको झ्याल ढोकाका शिसा फुटाएका छन् ।
स्रोत :दैनिक पत्रिका
स्रोत :दैनिक पत्रिका

