धनकुटाको बोधेमा पहिरोले पुरिएर ४ को मृत्यु
काठमाण्डौं जेष्ठ ९ - धनकुटाको बोधेमा पहिरोले
पुरिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु मध्ये झमक याखा, सुनिल गुरुङ र टिका गुरुङको सनाखत भएको छ भने बाँकी एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तमोर नदीमा माछा मार्न गएका उनीहरु ठूलो पानी परेपछि नजिकै रहेको ओडारमा बसेका थिए । सोही समयमा माथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।सँगै गएका सुमन राई भने बाँच्न सफल भएका छन् ।
समाचार ऑनलाइन खबर बाट
