|

बालबालिकाहरु ऐशेलु बेचेर पढाई खर्च जुटाउदै


कृष्ण आचार्य, दैलेख,  बैशाख १९-  दैलेख गुरासेका बालबालिकाहरु वनमा प्रयाप्त रुपमा पाइने  एैशेलुलाई टिपेर विक्री गर्दै आफ्नो पढाई खर्चको जोहो गर्दैछन् ।  शेलु टिप्न बालबालिकाहरु  दैनिक विहान सबैरै घर बाट निस्कन्छन अनि विद्यालयसम्म पुग्दा एक सयदेखि एक सय पचास रुपयासम्म कमाउने गरेका छन् । समूहसमूहमा मिलेर एैशेलु टिपे पनि विक्री गर्दा भने अलगअलग भएर बिक्री गर्ने गरेको उनीहरुको भनाइ छ । उनीहरुको एैशेलु विक्री गर्ने शैली पनि अनौठो छ । दैलेखदेखि सुर्खेत र सुर्खेतदेखि दैलेखसम्म चल्ने गाडीका यात्रुलाई मीठो बोलीले सम्बोधन गर्छन अनि यात्रुहरुलाई नै एैशेलु विक्री गरेर पैसा बटुल्न थाल्छन् । आफूहरुले ल्याएको एैशुले दैलेख सदरमुकामदेखि सुर्खेतसम्म पोको पारेर यात्रुले लैजाने गरेको गुरासेका सन्दिप थापाले बताउनुभयो ।


Posted by Butwalonline on 7:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बालबालिकाहरु ऐशेलु बेचेर पढाई खर्च जुटाउदै"

Leave a reply