गर्भावस्थामा तनाव र जन्मने शिशुको स्वास्थ्य
काठमाडौ, वैशाख २३ - गर्भावस्थामा तनावपूर्ण दिनचर्या बिताउने महिलाको शिशुको स्वास्थ्यपछि नराम्रो हुने गर्छ । यस्ता महिलाले जन्माएका बालबालिकामा सामान्यतः आइरनको कमी हुने गरेको पाइएको छ ।
एस्केलोन एकेडमिक कलेज, बार्जिलाई मेडिकल सेन्टर र मिसिगन युनिभर्सिटीद्वारा संयुक्त रूपमा गरिएको अनुसन्धान अनुसार, गर्भावस्थाको प्रारम्भिक चरणमा आमा तनावग्रस्त रहनु जन्मिने शिशुमा आइरनको कमी हुनुको मुख्य कारण हो । मस्तिष्क विकासका लागि आइरन अत्यन्त आवश्यक हुन्छ । आमालाई मधुमेह भए, गर्भावस्थाको बेला आमाले धूमपान गरे, आमालाई नै आइरन कमी भए र जन्मको समय तौल कम भए नवजात शिशुमा आइरनको कमी हुने गर्छ ।
अनुसन्धान अनुसार, गर्भावस्थाको समयमा महिलालाई आफ्नो स्वास्थ्य, तनावको स्तर, पोषण, तनाव रहित मस्तिष्कका लागि बढी सचेत हुनुपर्छ किनभने यी सबै विषय हुनेवाला शिशुको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् ।
साभार कांतिपुर दैनिक बाट

