अखण्ड सुदूरपश्चिम र थरुहटका पक्षधरले आ-आफ्नो शक्ति प्रदर्शन गर्दै
धनगढी, वैशाख २९ - अखण्ड सुदूरपश्चिम र थरुहटका पक्षधरले एकै दिन आफ्नो शक्ति प्रदर्शनको कार्यक्रम राखेपछि धनगढीमा केही तनावको महौल बनेको छ । अखण्ड सुदूरपश्चिमका पक्षधरहरुले शुक्रबार बिहान जुलुस निकालेको छ भने थरुहट पक्षधरले अपरान्ह शक्ति प्रदर्शन गर्दैछन् ।सम्भावित झडपको मध्यनजर स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । छिमेकी जिल्ला कंचनपुरबाट थप प्रहरी मगाएर दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासन आवश्यक परे कफ्र्यु लगाउनेसम्मको तयारी अवस्थामा रहेको छ ।
१५ दिनदेखि अखण्ड सुदूरपश्चिमको माग राखेर आन्दोलनमा उत्रेकाहरुले बिहान ठूलो जन सहभागिता रहेका जुलुस निकालेको छ । जुलुसमा १० हजार बढीको सहभागिता रहेको अनुमान गरिएको छ ।टोलटोलबाट अखण्ड सुदूरपश्चिमको पक्षको जुलुस धनगढीको चौराहामा जम्मा भई क्याम्पस रोड सम्म पुगेको थियो । आज जुलसमा महिला, बालबालिका युवायुवती बृद्ध उपस्थिति उल्लेखनीय थियो । बाजागाजा सहित भएको जुलुस चौराहा देखी रातो पुल सम्म करिव २ किलोमिटर लामो थियो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार थारु राज्यको पक्षमा थारु समुदायले अपरान्ह ठूलो जुलुको तयारी गरेका छन् । यसकालागि पनि गाउँ गाउँबाट थारु समुदायका ब्यक्ति जुलुसमा सहभागी हुन धनगढी आईपुगेका छन् । थारु कल्याणकारी सभाका अनुसार एक घर एक थारु आएका छन् । सभागर्ने भनिएको सौराहा चोकम अखण्ड सुदूरपक्षकाले खाना पकाउन थालेपछि सभास्थल जिविस कैलालाी अगाडि सारिएको छ ।
समाचार कांतिपुर दैनिक बाट
Posted by Butwalonline
on 9:42 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response