गाडीको ठक्करबाट साउदी अरबमा एक नेपालीको मृत्यु
खोटाङ, वैशाख २८– गाडीको ठक्करबाट साउदी अरबमा खोटाङका एक जनाको मृत्यु भएको छ। आफू कार्यरत् अलहेड कम्पनीको गाडीको ठक्करबाट खार्मी–९ का रामनाथ राईको बुधबार मृत्यु भएको हो। राईलाई ठक्कर दिने भारतीय चालक पक्राउ परेका छन्। राई यस वर्ष घर आउने तयारी गर्दै थिए। साउदीस्थित दम्माम शहरको सडकको छेउमा विद्युतको पोल गाड्ने क्रममा गाडीले ठक्कर दिँदा राईको घट्नास्थलमै मृत्यु भएको हो। रोजगारीका सिलसिलामा राई ९ वर्षअघि साउदी अरब गएका थिए। यसबीचमा जम्मा एक पटक ६ वर्षअघिमात्र बिदा लिएर घर आएका थिए।
समाचार नागरिक न्यूज बाट
