सिरियामा भएको बम विस्फोटमा कम्तिमा ५५ जनाको मृत्यु
काठमाडौं,
वैशाख २८-सिरियाको राजधानी दमास्कसमा भएको विस्फोटमा कम्तिमा ५५ जनाको मृत्यु भएको छ भने १ सय ७० भन्दा बढी घाइते भएका छन् ।सिरियाली सरकारी टेलिभिजनले विस्फोटलाई ‘आतंककारी आक्रमण’ भनेको छ भने विपक्षीले सरकारले नै विस्फोट गराएको आरोप लगाएको छ । पहिलो बम विस्फोट भएपछि मानिसहरु जम्मा भएका बेला अर्को विस्फोट भएको थियो ।राष्ट्रसंघका अनुगमनकर्ता टोलीका प्रमुख मेजर जनरल रोबर्ट मूडले भ्रमण गर्नु भएको छ । हालै मात्र सुरक्षा परिषद्का अनुगमनकर्ताहरुलाई लक्षित गरि विस्फोट गराइएको थियो ।
समाचार ओंलाइन खबर बाट
