फोरम गणतान्त्रिकका सभासदहरुबीच सदनमै हात हालाहाल
काठमाडौं,जेठ ५ -मधेसी जनअधिकार फोरम गणतान्त्रिकका सभासदहरुबीच कुटाकुट भएको छ । सभासद सुरिताकुमारी साहले अर्का सभासद एकबाल अहमद साहलाई थप्पड हानेका हुन् ।११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिविरुद्ध हस्ताक्षर संकलन गरेका सभासद एकबालले पार्टी सभासद साहलाई पनि हस्ताक्षर गर्न भनेपछि विवाद सुरु भएको थियो । १ प्रदेश पुनर्विचार गर्न उपसमितिमा निवेदन दिन अकवालले हस्ताक्षर गरेकोमा आपत्ति जनाउँदै सुरिताले कुट्ने प्रयास गरेकी थिइन् । दुवैबीच हात हालाहालको स्थिति भएपछि अन्य सभासद्ले दुवैलाई छुट्याएका थिए ।