आफ्नै गाऊंलेद्धारा ठगिएका युवा नेपाली दुतावासको शरणमा
प्रेम लामा/दोहा– आफ्नै गाऊंलेद्धारा जालसाझीपुर्वक ठगिएर बेसहारा तथा अलपत्र अवस्थामा पुगेका एक नेपाली युवा नेपाली दुतावासको शरणमा आएका छन् ।
वैदेशिक रोजगारीका सिलसिलमा एक महिना २० दिनअघि मात्र दोहा आइपुगेका बारपाक– २ गोरखाका २२ वर्षिय मणि सुनार अलपत्र अवस्थामा भेट्टिएपछि गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई र नेपाली जनप्रगतिशिल मञ्चका किशोर सुवेदीको सहयोगमा गत आइतवार उनलाई दुतावासको आश्रयमा ल्याइएको हो ।
दोहामा रहेका गाउले एजेन्ट विनोद खड्काले कार्पेन्टरको भिसा पठाएपछि उनी कतार आएका हुन् । उनले घर जग्गा धितो राखी दोहास्थित एजेन्टका दाजुलाई १० हजार रुपैया बुझाएर बाँकी ८० हजार पछि बुझाउने सर्तमा दोहा आएका हुन् ।
गाउाले एजेन्ट खड्काले सुनार दोहा विमानस्थल आउनसाथ उनीसाग भएका कागजपत्रहरु र पासपोर्ट लिएका थिए । खानाबस्नसहित १ हजार १ सय कतारी रियाल तलबको आश्वासन दिइएका पिडित सुनारलाईस्वारा गाविस घर भएका एजेन्ट खड्काका दाई सुनिलले घरखेत बन्धकी राखेर ८० हजार तिर्न बाँकी रहेको कागज बनाएर पठाएका रहेछन् । आफ्नो दुखेसो पोख्ने क्रममा सुनार कहिले भावुक हुन्छन् त कहिले आफ्नो कारुणिक अवस्था बताउनै पनि लजाउछन् ।
एजेन्ट विनोदले उनलाई विमानस्थलबाटै सम्पूर्ण कागजातहरु लिएपछि एक अरवीको कम्पनीमा नाथुरको काम लगाइदिएका थिए । सो कम्पनीमा १५ दिन जति नाथुरको काम गरेपछि एक कतारीले पासपोर्ट र कागजपत्र मागेको तर नभएकोले दिन नसकेको उनले बताए । ‘पासपोर्ट दिन पाएको भए काममा लगाइदिन्थे होला’ उनले भने– ‘त्यसपछि म अव अलपत्र भइसकेछु भन्ने थाहा भयो ।’
नाथुरको काम छोडेर उनी सनैयाको १ नम्बरदेखि ५१ नम्बरसम्म पैदल हिडेर कामको लागि भौतारिइरहेको अवस्थामा पुलिसले समातेर २ दिनसम्म थुनामा राखेको र पछि छोडिदिएको उनले बताए । नेपाली नियोगवाट पत्र लिएर आउनु र टिकटको पैसा लिएर आउनु अनि नेपाल पठाईदिन्छु भन्दै पुलिसले छाडिदिएको उनले बताए ।
सनैयामा कामको लागि भौतारिइरहेको बेला तनहूँ सेवा समाजका तोयनाथले भेटेर गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराईलाई सम्पर्क गरी जिम्मा लगाएका थिए । भट्टराईले मञ्चका सुवेदीसंगको समन्वयमा सुनारलाई नेपाली नियोगमा ल्याएर नियोग प्रमुखलाई उनको समस्याको वारेमा अवगत गराएक थिए । नेपाल फिर्तीको लागि टिकटको ब्यवस्था नहुन्जेल नियोगमा बस्ने ब्यवस्था मिलाउनको लागि नियोगमा आग्रह गरिएपछि पिडीत सुनार नियोगको शरणमा रहेका छन् ।
पिडित सुनारलाई नेपाल फिर्ती टिकट पनि अध्यक्ष भट्टराईले दिने बताएका छन् । पिडित सुनारले दोहा आउनु अघि उनकै गाऊंघरमा काम गर्ने गरेको बताए । अनपढ र निमुखा भएकोले बोल्दा पनि राम्रोसाग बोल्न नसक्ने रहेका पिडीत मणिको आँखामा पनि समस्या रहेको छ । जिल्लामा सदरमुकामसम्म पनि एक चोटी पासपोर्ट बनाउदा मात्रै आएका मणिले काठमाण्डौ पनि दोहा आउने वेलामा मात्र देखेको र शहरमा निकै अल्मलिने गरेको बताए । श्रीमती, आमा र दुई वहिनीसहितको उनको परिवार उनको श्रममा आश्रीत छ ।
