बढ्दो गर्मीका कारण रुपन्देही सहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित
बुटवल,१२ जेठ । गर्मीले रुपन्देही सहित तराईका जिल्लाहरुको जनजीवन निकै प्रभावित भएको छ । लुम्बिनी अञ्चलका रुपन्देही,कपिलबस्तु र नवलपरासीमा गर्मिले सर्वसाधरणको दैनिकी बढिनै प्रभावित भएको छ । अञ्चलका अन्य पहाडी जिल्लाहरुमा भने दिउसो केहि गर्मिले अत्ताएपनि साझ विहान भने चिसो हुनाले जनजीवन खासै प्भावित भएको छैन । बुटवल भैरहवा सहित परासी र तिलौराकोटमा गर्मिले मानिसहरु बाहिर समेत निस्कन मुस्क्लि भएको छ । लामो समयदेखि खडेरी भएका कारण गर्मि बढ्दै गएको हो । रुपन्देहीको तापक्रम ३८ देखि ४१ डिग्रीको हाराहारीमा रहेको मौसम शाखा भैरहवाले जनाएको छ । केहि दिनयता दैनिक तापक्रम बृद्धि हुनेक्रम जारी छ । नवलपरासीमा गर्मीले मानिससागै पशुचौपाया र पन्छीमासमेत प्रभाव परेको छ । गर्मिका कारण पोल्ट्री व्यवसाय चौपट हुने अवस्थामा पुगेको स्थानिय कुखुरा पालक व्यवसायीहरुले गुनासो गरेका छन् ।

