लुम्बिनी अञ्चलमा एम्बुलेन्स सेवा बन्द ,सेवाग्राहीलाई सास्ती
विनोद परियार ,बुटवल,१२ जेठ-सुरक्षाको कारण देखाउदै लुम्बिनी अञ्चलमा एम्बुलेन्स सेवा बन्द भएको छ । विभिन्न समुहरुले गरेको बन्दमा अनावश्यकरुपमा धरपकट,कुटपिट र तोडफोड हुन थालेपछि सरक्षाको माग गर्दै प्रशाशनमै एम्बुलेन्स थन्काएर चालकहरुले सेवा बन्द गरेका हुन ।
लुम्बिनी अञ्चलका ६ वटै जिल्ला प्रशाशनमा एम्बुलेन्स थन्काएर एम्बुलेन्स संचालक र चालहरु आन्दोलीत भएका छन् । एम्बुलेन्स सेवा बन्द भएपछि सर्वसाधरणले भने सास्ती पाएका छन् । रुपन्देही,कपिलबस्तु,नवलपरासी,पाल्पा,गुल्मीर अर्घाखाचीमा एम्बुलेन्स सेवा बन्द भएपछि विरामीहरु अलपलत्रमा परेको गुनासो आएको छ । लुम्बिनी अञ्चलमा १ सय १३ वटा एम्बुलेन्स संचालनमा छन् ।
ठाउ ठाउमा बन्दकर्ताहरुले एम्बुलेन्समाथि तोडफोड र चालकलाई कुटपिट गर्दा पनि प्रशाशनले सुरक्षा नदिएपछि एम्बुलेन्स सेवा बन्द गरिएको एम्बुलेन्स चालक संघ लुम्बिनीका अध्यक्ष भुमिराज पराजुलीले बताउनुभयो । उहाले प्रशाशनले सुरक्षाको जिम्मेवारी नलिदा सम्म सेवा संचालन गर्न नसक्ने स्पष्ट पारेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले भने अत्याआवश्किय सेवा बन्द गर्न नहुने तर्क गर्नुभएको छ । उहााले एम्बुलेन्स बन्द गरेको बिषयमा छलफल गरेर संचालनको वातावरण बनाउने बताउनुभएको छ ।
अञ्चलका ६ वटै जिल्लाका एम्बुलेन्स प्रशानमा थन्काईएको छ । बुटवलमा २५ भन्दा बढि एम्बुलेन्स ईलाका प्रशाशन कार्यालय बुटवलमा थन्काईएको छ । विभिन्न समुह र पार्टीहरुको गरेको बन्दकाक्रममा लुम्बिनी अंचलका मात्रै १९ एम्बुलेन्स तोडफोड भएको छ भने आधा दजर्न जति चालकहरु कुटिएको चालक संघले जनाएको छ ।
