|

पूर्वनिर्धारित मितिमै रिलिज 'द लास्ट किस'


काठमाडौ, जेष्ठ १२ - अश्लील संवाद र दृश्य राखिएको कारण देखाउँदै सेन्सर बोर्डले त्यसलाई नहटाएसम्म प्रदर्शन अनुमति नै नदिने भनिदिएपछि 'द लास्ट किस' लाई समस्या परेको थियो । पहिल्यै प्रदर्शन मिति जेठ १२ लाई तोकेर निर्माणमा उत्रिएको फिल्मले अन्ततः सेन्सरबाट एडल्ट सर्टिफिकेट पायो ।
जेठ १४ भित्रमा संविधान जारी हुने/नहुने अनिश्चिततासँगै उर्लिएको देशव्यापी आन्दोलनले यतिबेला धमाधम फिल्मले रिलिज मिति स्थगित गरिरहेका बेला 'द लास्ट किस' भने पूर्वनिर्धारित मितिमै राजधानी र देशको पश्चिम भेगमा चल्ने भएको हो । जेठ १२ मै फिल्मका निर्देशक बीबी फुँयालको पनि जन्मदिन परेकाले भाग्यमानी हुने ठानेर जोखिम मोलेको बताएका छन् ।
प्रोमोदेखि नै आलोचना र चर्चा दुवै कमाएको 'द लास्ट किस' मा पुष्करजंग थापा, शोभिता सिंखडा, सुरेश चौधरी लगायतको मुख्य भूमिका रहेको छ । हत्याको बदलामा तयार पारिएको फिल्मको युवराज खत्रीले निर्माण गरेका हुन् ।
साभार कांतिपु

Posted by Butwalonline on 10:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पूर्वनिर्धारित मितिमै रिलिज 'द लास्ट किस'"

Leave a reply