प्रथम हेक्लाङ्ग महोत्सव सम्पन्न ‘प्रशासनबाट बेवास्ता गरियो’–आयोजक
मुक्तिप्रसाद न्यौपाने,वैशाष ८, पाल्पा‘लोकसंस्कृति, परम्परा हाम्रो पहिचान, गाम्रीण विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष २०६९ को अवसरमा आयोजना गरिएको तीने दिने प्रथम हेक्लाङ्ग महोत्सव सम्पन्न भएको छ । मेलाको समुद्घाटन गर्दै माननिय पर्यटन राज्य मन्त्रि ज्वाला शाहले गाउँ ठाउँका महिलाहरुमा चेतनास्तरको कमी रहेको र महिलाहरुको चेतनास्तरमा वृद्धि नगर्दासम्म विकास सम्भव नभएको बताउनु हुँदै विकास निर्माणमा आएका बजेटको विनाश भएकै कारण समस्या बल्झिएको पनि उहाँको भनाई थियो ।
मेलामा राष्ट्रिय ख्यातिप्राप्त हाँस्यकलाकारहरु सुन्तली र धुर्मुसका साथै राष्ट्रिय लोक गायकहरु विमलराज क्षेत्री, शिरिष देवकोटा, कुलेन्द्र वि.क., इन्द्र जि.सी., पुष्कर शर्मा लगायतको सहभागीता रहेको थियो । मेलालाई १३ हजार दर्शकले अवलोकन गरेको मेला मूल समारोह समितिका संयोजक अग्निप्रसादभट्टराईले बताउनुभयो ।
सदमुकाम तानसेनबाट करिब ४० किलोमिटर पूर्वमा रहेको हेक्लाङ्ग गाविसमा आयोजना गरिएको मेलामा राज्यमन्त्रि केन्द्रबाट आएतापनि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी तथा मेलामा सहआयोजकको रुपमा रहेको हेक्लाङ्ग गाविस भने मेलामा उपस्थिती देखिएन । मेलालाई प्रशासनिक क्षेत्रबाट उपेक्षित गराइए पनि मेला भव्य एवं सभ्य रुपमा सम्पन्न भएको आयोजकले बताएकाछन् । मेलामा स्थानिय खानाको प्रदर्शनी गरिनुका साथै बोटे समुदायको माछा मार्ने तरिका, कुमाल समुदायको माटाको भाँडा बनाउने परम्परागत प्रविधि तथा स्थानिय झाँकिको प्रदर्शनी गरिएको थियो ।नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कालिगण्डकी किनारामा सञ्चालन गरिएको मेलामा बीस लाख बराबरकोे कारोबार भएको थियो । मेलालाई स्मार्ट सेल र फ्रेन्डसिप मेनपावरले प्रयोजन गरेको थियो ।
