एलएमजी २४ थान सहित ठूलो मात्रामा ओडारमा लुकाइराखेको हतियार भेटियो
टीकापुर, वैशाख ८ - सशस्त्र प्रहरी बल उग्रतारा गणको डुडेझारी वेश क्याम्पले ठूलो मात्रामा हतियार फेला पारेको छ । बेश क्याम्पले कैलालीको सुगरखाल गाविसको भालुमारे खोला किनारमा ओडारमा लुकाइराखेको अवस्थामा हतियार फेला पारेको सशस्त्र प्रहरी बल उग्रतारा गणका गणपति शिव मल्लले बताए ।
उनका अनुसार एलएमजी २४ थान, एलएमजी व्यारेल २ थान, एसएलआर म्याग्जीन ८ सय ६१ थान, इन्सास म्याग्जीन ५ वटा, इन्सासका गोली १ सय ६ वटा सुराकीका आधारमा फेला पारेको हो ।
समाचार कांतिपुर दैनिक बाट
