पाल्पा दोभानमा तेजपात महोत्सव कृषकको आम्दानीनै दालचिनी
वैशाष ७, पाल्पा
‘ऋणमुक्त गाउ“को शान, दालचिनी (तेजपात) को महत्व र पहिचान’ भन्ने नाराका साथ पाल्पाको दोभानमा तेजपात महोत्सव हुने भएको छ ।
वैशाख १८ गते दोभानको ज्यामिरे गाउ“मा ‘दालचिनी महोत्सव’ हुने भएको हो । दोभान–२ को समग्र पहिचान गराउन र यहा“ उत्पादित दालचिनीको विक्री वितरणबाट भएको आर्थिक, सामाजिक उत्थान सम्वन्धी जानकारी गराउन महोत्सव आयोजना गरिएको दोभान वन समन्वय समितिका सचिव दलबहादुर गुरुङ्गले अभियानलाई बताए । गुरुङ्गका अनुसार दालचिनीको संरक्षण, संरक्षण र प्रसिद्धीका लागि मिनी महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा दालचिनीको प्लान्टेशन तथा नमुना अवलोकन, स्थानीय उत्पादनको परिचय र प्रयोग, स्थानीय युवाहरुद्वारा पञ्चेबाजा प्रस्तुत गरिनेछ । यस्तै, स्थानीय बासिन्दाद्वारा तयार पारिएको स्वादिष्ट परिकारको सेवन, सामुदायिक वन उपभोक्ता समुहको वन, वातावरण तथा संरक्षणसम्वन्धी सांस्कृतिक कार्यक्रम, लोकदोहोरी गीतको समेत आयोजना हुनेछ । हात्तिकोट सामुदायिक वन, नागरिक वडामञ्च, दोभान वन समन्वय समिति, दोभान एकीकृत पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुन लागेको हो ।
दोभान गाविस ज्यामिरेका २ सय कृषकको आम्दानीको मुख्य स्रोत दालचिनी हो । मासिक ३० हजार देखि २ लाख रुपैयासम्म यहाँका कृषकले दालचिनीबाट आम्दानी गर्छन् । यहा“का समुदायले दालचिनीको पात र बोक्रा दुवै विक्री गर्छन् । २५ देखि ३० रुपैया किलोमा पात र ५५ देखि ६० रुपैया किलोमा बोक्रा विक्री हुन्छ ।
