चितवनमा चट्याङले लागेर एकै घरका दुई जनाको मृत्यु
चितवन, चैत २३- पूर्वी चितवनको माधवपुरमा बिहीबार साँझ परेको चट्याङ लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ। साँझ पानी पर्न लागेपछि माधव ८ पिठुवा स्थित घरमै रहेका ६५ वर्षीया पावर्ती लामिछाने र ५५ वर्षीया टीका लामिछानेको चट्याङ लागेर मृत्यु भएको हो।उनीहरु दुवै जना स्थानीय नन्दकिशोर लामिछानेका श्रीमती रहेको चितवन प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका दुवै लाई पुरानो मेडिकल कलेज भरतपुर ल्याइपुर्याइसकेपछि चिकित्सकले साँझ पाँच बजे मृत घोषणा गरेका थिए।
स्रोत :नागरिक न्यूज
स्रोत :नागरिक न्यूज
