बाघको आक्रमण बाट एक व्यक्तिको ज्यानगयो
चितवन, चैत २३- चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा आज बाघले एक व्यक्तिको ज्यान लिएको छ। निकुञ्जको लामिटार क्षेत्रमा घाँस काट्न गएका पटिहानीका अन्दाजी १७ वर्षीय किसन महतोलाई बाघले आक्रमण गरी ज्यान लिएको हो। उनी संग गएकाअरु साथीले भने भागेर ज्यान जोगाएका थिए।बिहान ८ बजे भएको सो घटना ११ बजेमात्र थाहा पाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। महतोको शव निकुञ्ज टोली र घाँस काट्ने अर्को समूहका मानिसले खोजतलासका क्रममा क्षतविक्षत अवस्थामा फेला पारेका थिए।उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको चितवन प्रहरीले जनाएको छ। रासस
