दलित पत्रकार संघ रुपन्देहीले पत्रकार पौडेलको हत्यारालाई कडा कारवाहिको माग
बुटवल ,चैत्र २३ -झापाका पत्रकार यादब पौडेलको हत्याको विरोधमा दलित पत्रकार संघ रुपन्देहीले घोर निन्दा र भ्रत्सना गर्दै हत्यारालाई कडा कारवाहिको माग गरेको छ ।
संघका रुपन्देही अध्यक्ष शान्ति विश्वकर्माद्धारा आज जारी विज्ञप्तीमा पत्रकार पौडेलमाथिको आक्रमणले सिंगो प्रेस जगत नै असुरक्षित भएको भन्दै राज्यसंग सुरक्षाको माग गरिएको छ । क्रियाशिल र जुझारु पत्रकार पौडेलको निनर्मरुपमा गरिएको हत्या हुदा पनि प्रशासन गंभिर नभएको भन्दै आन्दोलन चर्काउने चेतावनी पनि दिईएको छ । पत्रकार पौडेलको मंगलबार राती निर्ममरुपमा अज्ञात समुहले हत्या गरेको थियो ।
