उड्ने कारको परिक्षण सफलतापूर्वक सम्पन्न(भिडियो)
कारमा गुड्दा गुड्दै ट्राफिक जाम भयो भने तुरुन्तै उड्न मन पाए हुन्थ्यो भनेर तपाईले थुप्रै बर्ष बिताउनुभयो होला । तपाईको यो कल्पना अब सत्यमा परिणत भएको छ ।
नेदल्याण्डमा बनेको ‘पीएभी वन’ (The Personal Air and Land Vehicle) नामक नयाँ उड्ने कारको परिक्षण सफलतापूर्वक सम्पन्न भएको उत्पादक कम्पनीले जनाएको छ । गएका दुई साता भएका परिक्षण सफल रहेको सो कम्पनीले सोमबार जनाएको छ ।
तीन पाङ्ग्रे यो नयाँ कार सानो चिटिक्क परेको छ । गुड्दा गुड्दै उड्नुपरेमा कारको माथि राखिएका हेलिकोप्टरका जस्ता पङ्खा खुल्छन र यो फटाफट आकाशमा हेलिकोप्टर झैं उड्छ । फेरि जमिनमा ल्याण्ड गरेपछि यसका पंख्या खुम्चिन्छन र मजाले गुड्न थाल्छ ।
गुड्दा र उड्दा यो कार करिव एक सय ८० किलोमिटर प्रति घण्टा गतिमा चल्ने उत्पादक कम्पनीका सिइओ रोवर्ट डिङमान्सेले वताए । जस्तोसुकै ठाउँमा पनि ल्याण्ड गर्न सकिने यो उडने कारलाई उड्न करिव १ सय ६५ मिटरको मैदान आबश्यक पर्ने छ ।
उत्पादकले यो कार सुरक्षित भएको पनि दावी गरेका छन् । उड्दा उड्दै इन्जिन फेल भए पनि पंखा घुमिरहने छन र सुरक्षित रुपले अबतरण गर्न सकिने छ ।
कारको चर्चासँगै ग्राहकहरुबाट अर्डर आउन सुरु गरेको भन्दै कम्पनीले छिटै ब्यबसायीक उत्पादन थाल्ने बताएको छ ।
ओनलाइनखबर बाट
