वैदेशिक रोजगारीको आधा माग निर्माणमा
काठमाडां, वैशाख २ -वैदेशिक रोजगारीका लागि करिब ५० प्रतिशत कामदारको माग निर्माणसम्बन्धी कम्पनीको हुने गरेको छ । दक्ष जनशक्तिको अभावका कारण नेपालबाट निर्माण क्षेत्रमा अत्यधिक कामदार जाने गरेको व्यवसायीको अनुभव छ ।रोजगारदाता कम्पनीले निर्माण क्षेत्रमा ५० प्रतिशत, सेवा क्षेत्रमा ३० प्रतिशत र अन्य क्षेत्रमा २० प्रतिशत कामदारको माग गर्ने व्यवसायीले बताएका छन् । रोजगारीको खोजीमा दैनिक १ हजारभन्दा बढी युवा बिदसिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । तर, आवश्यक सीप तथा तालिमको अभावमा अधिकांश युवा निर्माण क्षेत्रमा गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ बताउँछन् ।
बिदेसिने कामदारको करिब ५ प्रतिशतमात्र योग्य जनशक्ति हुने भएकाले नेपालबाट निर्माण क्षेत्रमै बढी कामदार माग हुन्छ । “खाडी मुलुकमा स्थानीय कामदारलाई बढी प्राथमिकता दिने नियम भएकाले ती देशका रोजगारदाता कम्पनीले नेपालबाट तल्लोस्तरका कामदार माग गर्छन्,” तामाङले भने ।
उनका अनुसार एकचोटि काम गरी फर्केका कामदारले आकर्षक तलब वा घरभित्रका काम खोज्ने भएकाले मागअनुसार पूर्ति गर्न समस्या भएको छ । निर्माण क्षेत्रबाहेक नेपाली कामदारको माग होटल, सुरक्षा गार्ड, ड्राइभर, सुपरभाइजर, म्यानेजरलगायतमा पनि हुने गरेको छ ।संंघका निवर्तमान अध्यक्ष सोमलाल बाटाजूका अनुसार मध्यपूर्वी देशमा करिब ९० प्रतिशत निर्माण कम्पनी तथा १० प्रतिशत कामदारको माग अन्य क्षेत्रमा हुने गरेको छ । “हाम्रा जनशक्ति दक्ष नहुँदा रोजगारदाता कम्पनीले अधिकांश तल्लो स्तरमा कामदार माग गर्छन्,” उनले भने, “सीपमूलक तालिमकेन्द्र, जानकारीको अभावलगायतका कारण अधिकांश कामदार बिनासीप बिदेसिने गरेका छन् ।”
सरकारले आफ्नै मातहतमा मुलुकभरि सीपमूलक तालिमकेन्द्र सञ्चालन गर्नुपर्ने उनको माग छ । करिब ७५ प्रतिशत कामदार सीप तथा तालिमबिनै बिदेसिने गरेको उनले बताए । “दक्ष जनशक्ति नेपाली बजारमै खपत हुन्छन्, विदेश त सीप नभएका, साथीको लहैलहैमा लागेर जाने धेरै छन्,” उनले भने ।बाटाजूका अनुसार मलेसियाका शतप्रतिशत फ्याक्ट्रीमा कामदारको माग हुने गरेको छ । अन्य खाडी मुलुकमा होटल, सुरक्षा गार्ड, ड्राइभरलगायतमा माग हुन्छ ।
संघका पूर्वअध्यक्ष प्रेमबहादुर कट्वालले पनि करिब ५० प्रतिशत कामदारको माग निर्माण क्षेत्र तथा कृषि, डेरी, सुरक्षा गार्ड, होटल, भित्री काममा हुने बताए । “दक्ष कामदार विदेश पठाउँदा कामदार तथा व्यवसायी दुवैलाई फाइदा हुन्छ,” उनले भने, “उनीहरूको तलब, सेवा–सुविधा बढी हुने भएकाले विदेश जानुअघि सबैले आफ्नो क्षमताअनुसारको सीप सिक्नुपर्छ ।”सीप र तालिमबिनै बिदेसिनेले अन्य देशका कामदारको तुलनामा तलब, सेवा र सुविधा कम पाउँछन् ।
स्रोत :कारोबार दैनिक