पाल्पाको दोभानमा बैशाख १८ गते दालचिनी महोत्सव हुने
तानसेन,वैशाख ७ - ‘ऋणमुक्त गाउँको शान, दालचिनीको महत्व र पहिचान’ भन्ने नाराका साथ पाल्पाको दोभानमा दालचिनी महोत्सव हुने भएको छ । हात्तीकोट सामुदायिक वन, नागरिक वडामञ्च, दोभान वन समन्वय समिति, दोभान एकीकृत पर्यटन विकास समितिको आयोजनामा पाल्पाको दोभान-२, ज्यामिरेमा आउदो बैशाख १८ गते दालचिनी महोत्सव हुने भएको हो ।
महोत्सवमा पाल्पामा उत्पादित दालचिनीको पात, बोक्रा र बिरुवा प्रदर्शनीमा राखिने छ । महोत्सवमा दालचिनीको प्लान्टेसन तथा नमुना अवलोकन, स्थानीय उत्पादनको परिचय र प्रयोग, स्थानीय युवाहरूद्वारा पञ्चेबाजा प्रस्तुत गरिने आयोजकले जनाएको छ । स्थानीय बासिन्दाद्वारा तयार पारिएको स्वादिष्ट परिकारको सेवन, सामुदायिक वन उपभोक्ता समूहको वन, वातावरण तथा संरक्षणसम्बन्धी साँस्कृतिक कार्यक्रम, लोकदोहोरी गीतको समेत आयोजना हुने गुरुङले बताउनुभयो ।
दालचिनी २५ देखि ३० रुपैयाँ प्रतिकिलोमा पात र ५५ देखि ६० रुपैयाँ प्रतिकोलोमा बोक्रा बिक्री हुने किसानहरुले जनाएका छन् । दोभानको समग्र पहिचान गराउन र यहाँ उत्पादित दालचिनीको बिक्री-वितरणबाट भएको आर्थिक, सामाजिक उत्थानसम्बन्धी जानकारी गराउन महोत्सव आयोजना गरिएको दोभान वन समन्वय समितिका सचिव दलबहादुर गुरुङले बताउनुभयो ।
समाचार ओनलाइन खबरबाट
+-+Copy-1.jpg)
