हचुवाको भरमा गोर्खा भर्ती बन्द नगर्न माग
बुटवल, बैशाख
३ -गोर्खा भर्ति केन्द्र बन्द गर्न व्यवस्थापिका संसदको अन्तरराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले गरेको सिफारिसप्रति भुतपुर्व सैनिकहरुले आपत्ती जनाएका छन् ।स्वदेशमै रोजगारीको उपयुक्त विकल्प विना हचुवाको भरमा गोर्खा भर्ती बन्द गरे मुलुकलाई ठुलो आर्थिक नोक्सानी हुने उनीहरुको तर्क छ ।
भुतपुर्व सैनिकहरुको संगठन भुतपुर्व सैनिक कल्याण क्लव रुपन्देहीका अनुसार हाल प्रत्येक वर्ष भारतीय सेनामा एक हजार, बेलायती सेनामा १ सय ३० र सिंगापुर सेनामा ८० जना नेपाली युवा भर्ती हुने गर्दछन् भने भारतमा करिब ७५ हजार तथा बेलायतमा ३ हजार ४ सय जना नेपाली कार्यरत छन् । उनीहरुबाट मासिक सरदर ९० करोड रुपैयां रेमिट्यान्समार्फत नेपाल भित्रिने गरेको क्लबले जनाएको छ । यस्तै करिब २ लाख जना भारतीय सेनाका र २५ हजार बेलायती सेनाका अवकास प्राप्त नेपाली छन् । उनीहरुलाई पेन्सनवापत भारत र बेलायत सरकारबाट गरी मासिक सरदर ८५ करोड रुपैयां वितरण हुने गरेको छ ।भुतपुर्व सैनिक कल्याण क्लवले बुटवलमा पत्रकार सम्मेलन गरी गोर्खा भर्ती तत्काल बन्द नगर्न माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिने जनाएको छ ।
स्रोत :कारोबार