कर्मचारीको मिलेमतोमा पाँच तिब्बतीलाई नेपाली नागरिकता
पोखरा, वैशाख १४ -उपल्लो तहका कर्मचारीको मिलेमतोमा जिल्ला प्रशासन कार्यालय कास्कीले पाँच तिब्बतीलाई नेपाली नागरिकता दिएको रहस्य खुलेको छ। मुस्ताङबाट पोखरा बसाई सरेको भन्ने फर्जी कागजातका आधारमा वैशाख पहिलो साता पाँच तिब्बतीलाई नेपाली नागरिकता दिएको तथ्य खुलेको हो।
पोखरा उपमहानगरपालिका-२ का वडा सचिव रवी जमरकट्टेलले तिब्बती नागरिकलाई नेपाली हुन् भनी सिफारिस गरिदिएका थिए। पोखरा बस्दै आएका मुस्ताङ चराङ-२ का थुतेन गुरुङ हजुरबुबा बनेर उनीहरुलाई नागरिकता बनाउन प्रशासन गएका थिए।
गैर नेपालीलाई नागरिकता बनाउन जनही १० लाखका दरले करिब ५० लाख रुपैयाँको खेल रहेको स्रोतको दावी छ। जिल्ला प्रशासनकै कर्मचारीले मोटो रकमको प्रलोभन देखाई जमरकट्टेलबाट सिफारिस बनाउन लगाएको प्रहरी अनुमान छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम अधिकारीले यसरी नागरिकता बनाउनेमध्ये चारजना पक्राउ परेका जानकारी दिए। यसमा संलग्न अन्य दुई जना भने फरा रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र पौडेलले बताए।
जिल्ला प्रशासनका नागरिकता फाँटका कर्मचारी सूर्यप्रसाद काफ्लेले आफुहरुलाई झुक्याएर नागरिकता बनाउन सफल भएको जिकिर गरे। ती नागरिकतामा काफ्लेले नै हस्ताक्षर गरेका छन्। उनले नागरिकता बनाउन आउनेको गलत विवरण पेश भएको भन्ने थाहा पाएपछि केही दिनमै पाँचैजनाको नागरिकता बदर गरिएको उनले बताए।
समाचार नागरिक न्यूज बाट