एक युवकको कुटेरै हत्या
दाङ बैशाख १४-दाङमा एक युवकको कुटेरै हत्या भएको छ । दाङको घोराही ८ बस्ने १४ बर्षका विनोद घर्तीको बुधबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रोल्पा घर भई दाङको बडमरामा बस्दै आएका घर्तीलाई सोही ठाउँका सुरेश चौधरीले कुटेका थिए ।
कुटाईबाट घाईते उनको उपचाका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । सामान्य विवादका कुटाकुट भएको भएपनि घटनाको पूर्ण विवरण भने आएको छैन् । कुटपिट गर्ने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार ओनलाइन खबर बाट