|

पाल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु १४ घाइते

टेकनरायण भट्टरई, पाल्पा, वैशाख १५ - पाल्पा बौघापोखराथोक गाविसको जोर्तेमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान करिव १० बजे भएको दुर्घटनामा १४ जना घाइते भएको स्थानीयले बताएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रत्यक्षदर्शी शंकर पाण्डेले बताए। बुटवलबाट गुल्मीको दरलिङ्ग जाँदै गरेको ग १ ज ४७२५ नम्बरको जिपका दुबै पाङ्ग्रा फुत्किएर सडकमा घिसारिदै करिब २० मिटर तल खसेको थियो। जिपका पाङ्ग्रा फुत्किएपछि चालक हाम फालेर फरार छन्। प्रहरी नायव उपरीक्षक मीरा चौधरीले घटनास्थलमा प्रहरी जाँदै गरेकोले यकिन विवरण नआएको बताइन्। स्थानीयले घाइतेको उद्दार गरेर मिसन अस्पताल तर्फ पठाएको शिक्षक सञ्जय भट्टराईले बताए। उनका अनुसार जिपका अगाडिका दुबै पाङ्ग्रा छैनन्। जिप सडकमा घिसारिदै भित्तामा ठोकिएर तल खसेको छ।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 2:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु १४ घाइते"

Leave a reply