आइओसीले नेपालले आयत गर्ने तेलमा प्रशोधन शुल्क हटायो
काठमाडौं, वैशाख १५- आयल निगम र इन्डियन आयल कर्पोरेशनबीच आपूर्ति सम्झौता नवीकरण भएको छ। निगम र आइओसी अधिकारीबीच शुक्रबार काठमाडौंमा भएको छलफलमा केही बुँदालाई परिमार्जन गर्दै नवीकरण सम्झौता भएको हो।
सम्झौता पाँच वर्षका लागि भएको हो। सम्झौता अनुसार आइओसीले कच्चा तेलको प्रशोधन शुल्क (प्राइस एडजसमेन्ट फ्याक्टर) लाई हटाएको छ। सधैँ आइओसीले आफूले लिने कमिसन (मार्केटिङ मार्जिन) अढाइ प्रतिशतमै राख्न सहमत भएको छ। पाँच प्रतिशत माग गर्दै आएको आइओसी अढाइ सहमत भएपछि नेपाललाई फाइदा हुने भएको छ।

एमाले प्रमुख सचेतक भीम आचार्यको संयोजकत्वमा गठित आयल निगम अध्ययन गर्न गठित उच्च स्तरीय समितिले पनि प्राइस एडजस्टमेन्ट फ्याक्टर हटाउन सुझाव दिएको थियो।
समाचार नागरिक न्यूजबाट